एमाले महासचिव शंकर पोखरेलले गरे मतदान

वैशाख ३०, २०७९

दुर्गालाल केसी

दाङ — नेकपा एमाले महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीस्थत जनता विद्यापीठमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

शुक्रबार बिहान मतदान केन्द्रको ‘ख’ बुथबाट उनले मतदान गरेका हुन् । यस वडामा ४ हजार ८ सय ४० मतदाता छन् ।

तुलसीपुरमा सत्ता गठबन्धनबाट मेयरमा कााग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना तथा एमालेबाट मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीले प्रतिस्पर्धा गर्दैछन् ।

स्थानीय तह निर्वाचन २०७९

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully