मतदानपछि स्थापितले भने- 'नयाँ जिम्मेवारी आउँदैछ, म गम्भीर छु'

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर प्रत्याशी केशव स्थापितले आफूलाई नयाँ जिम्मेवारी आउँदै गरेकाले गम्भीर भएको बताएका छन् । मतदानपछि प्रतिक्रिया दिँदै एमालेका मेयर उम्मेदवार स्थापितले आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताए । 

स्थापितले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गरेका हुन् । उनले शुक्रबार बिहान ७ : १५ बजे मतदान गरेका थिए । 

मतदानपछि सञ्चारकर्मीहरूसँग बोल्दै स्थापितले आफ्नो जित पक्का भइसकेको र नयाँ जोशका साथ मेयरको जिम्मेवारी लिन आतुर रहेको बताएका थिए । उनले आफूमाथि नयाँ जिम्मेवारी आउन लागेको दाबी गर्दै आफू जिम्मेवारी लिन गम्भीर रहेको बताएका थिए । उनले भने, 'मलाई नयाँ जिम्मेवारी आउँदैछ । म गम्भीर छु, बेलुकाबाट गणना सुरु हुन्छ ।’

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully