काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह(बालेन)ले मतदान गरेका छन् ।
शाहले तीनकुनेको गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रबाट मतदान गरेका हुन् ।
शुक्रबार बिहान ७ बजेदेखि नै देशका अधिकांश स्थानमा मतदान सुरु भएको छ ।
काठमाडौं महानगरमा स्थापितविरुद्ध सत्ता गठबन्धनको तर्फबाट सिर्जना सिंह मेयरको उम्मेदवार छिन् ।
