विराटनगरमा मेयरका उम्मेदवार कोइरालाद्वारा मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

विराटनगर — विराटनगर महानगरपालिकामा कांग्रेसबाट मेयरका उम्मेदवार नागेश कोइरालाले मतदान गरेका छन् ।

उनले विराटनगर ९ सरस्वती माविमा रहेको मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।

यस्तै कांग्रेस नेता सुजात काेइरालाले विराटनगर–७ स्थित आदर्श माविमा गएर मतदान गरेकी छन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार रहेका उमेश यादवले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसमा गएर मतदान गरेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully