काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेशकुरमा थपलियायले मतदान गरेका छन् । उनले भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर १ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले शुक्रबार बिहान ७ बजे मतदान सुरु हुने बित्तिकै मतदान गरेका हुन् ।
थपलियाले मतदानपछि पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको प्रतिक्रिया दिएका थिए । उनले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरेका थिए ।
