बाबुराम भट्टराईले गरे मतदान

‘सबैले मतदान गरौँ, स्थानीय लोकतन्त्र सुदृढ गरौँ’

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

गोरखा — जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मतदान गरेका छन् । शुक्रबार बिहान साढे ८ बजे पालुङटार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

स्थानीय तह निर्वाचनको प्रचारका लागि भट्टराई गत शुक्रबारबाट गृहनगर पालुङटारमा छन् ।

मतदानपछि ट्विट गर्दै भट्टराईले लेखेका छन्, ‘गोरखा पानपास्थित अन्नपूर्ण माविको बुथमा बिहान ८:२५ बजे मतदान गरेर  लोकतान्त्रिक अधिकार र कर्तव्य निर्वाह गरियो । सबैले मतदान गरौँ, स्थानीय लोकतन्त्र सुदृढ गरौँ ।’

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully