काठमाडौँ — काठमाडौं महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छन् । काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)बाट उपमेयरमा उम्मेदवारी दिएको डंगोलले वडा नम्बर २१ लगनमा स्थापना गरिएको केन्द्रबाट मतदान गरेकी हुन् ।
काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी डंगोलको प्रमुख प्रत्याशीका रूपमा सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार छन् ।
मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मतदानको दिन मतादाताको एक भोटको पनि धेरै महत्त्व हुने भएकाले योग्य र मन परेको उम्मेदवारलाई मतदान गर्न आग्रह गरेकी छन् । उहाँले स्थानीय तहको निर्वाचनलाई लिएर आफू उत्साहित रहेको र जनताको माया पाएकाले आफूले जित्नेमा विश्वस्त रहेको बताइन् ।
उपमेयरकी उम्मेदवार डंगोलले भनिन्, ‘अधिकारको प्रयोग गरेर मत हालौँ । म पनि एकदमै उत्साहित छु । मैले जनताको माया पाएकी छु; यो नै जितको ठूलो आधार हो ।’
