काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का मेयर उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । उनले भरतपुर महानगरपालिका वडा नम्बर १२ मा रहेको मोहोन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
भरतपुरमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार छन् ।
एमालेका सुवेदीले बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएर भरतपुरको मेयरमा उम्मेदवारी दिएका हुन् ।
