कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदानपछि काठमाडौं मेयरकी उम्मेदवार सिंहले भनिन्- जित्छु भनेर ढुक्क छु

काठमाडौँ — काठमाडौं महानगरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले आफू जित्नेमा ढुक्क रहेको बताएकी छन् । उनले क्षेत्रपाटीको पक्नाजोल मतदानस्थलबाट मतदान गरेपछि प्रतिक्रिया दिएकी थिइन् । 

मतदानपछि काठमाडौं मेयरकी उम्मेदवार सिंहले भनिन्- जित्छु भनेर ढुक्क छु

सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेकी हुन् । मतदान गरेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने बताइन् ।

मेयरकी उम्मेदवार सिंहले देशमा कांग्रेसले मात्रै विकास र समृद्धि गर्ने भन्दै कांग्रेस र गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गरेकी थिइन् ।

मेयरकी उम्मेदवार सिंहले भनिन्, ‘म आफू जित्छु भनेर ढुक्क छु । हाम्रो पार्टी नेपाली कांग्रेसले मात्रै देशमा समृद्धि ल्याउँछ; आर्थिक उन्नति गर्छ । त्यसैले नेपाली कांग्रेसका उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई जिताइदिनु होला । काठमाडौंलाई व्यापारिक केन्द्र, पर्यटकीय केन्द्र बनाउन आएको छु । यहाँका समस्यालाई समाधान गर्छु । काठमाडौंलाई सफा गरेर देखाउँछु ।’

मेयरकी उम्मेदवार सिंहले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै जितपछि काठमाडौंका हरेक समस्या समाधान गर्ने बताइन् ।

प्रकाशित : वैशाख ३०, २०७९ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?