तिलोत्तमा — गृहमन्त्री बालकृष्ण खाँणले मतदान गरेका छन् । उनले शुक्रबार बिहान ७ बजे तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा पहिलो मतदान गरेका हुन् । उनले आफ्नो गाउँमा आएर मतदान गर्न पाएकामा उत्साहित भएको बताए ।
मतदान पछि पत्रकारहरुसँग कुरा गर्दै उनले निष्पक्ष र भयरहित मतदान सफल गराउन सुरक्षाकर्मीलाई धेरैभन्दा धेरै परिचालन गरिएको बताए । स्थानीय तहको निर्वाचनले जनताको शक्तिलाई सशक्तीकरण गर्ने र जनताले नै सर्वसत्ता प्राप्त गरेको अवस्थामा सरकारको अनुभूति दिलाउन निर्वाचनले भूमिका खेल्ने बताए ।
निर्वाचनपूर्व भएका आचारसंहिता उल्लंघनको विषयमा मन्त्री खाँणले निर्वाचन आयोगले प्रचारको अवधि समाप्त भएको घोषणा गरेपछि भएका उल्लंघनप्रति मन्त्रालय गम्भीर रहेको जनाए । उनले निर्वाचन आयोगलाई विवरण बुझाउने भएकाले आयोगले थप निर्णय गर्ने बताए ।
