बुटवल — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मतदान गरेका छन् । उपाध्यक्ष पौडेलले बुटवल उपमहानगरपालिका ८ को सडक डिभिजन कार्यालयमा रहेको मतदानस्थलबाट मतदान गरेका हुन् ।
मतदानपछि उनले स्थानीय तहको निर्वाचन महिला, अल्पसंखयक र सिमान्तकृतका व्यक्तिलाई समेत नेता बनाउने निर्वाचन भएको बताए ।
मतदाताहरूको उत्साह देखेर स्थानीय तहको निर्वाचनबाट एमालेलाई पुनः देशको ठूलो शक्तिका रुपमा उभ्याउन तयार भएको आभास भएको उनले बताए । ७ बजे मतदानको तयारी भए पनि पानीले बिथोलेपछि उनले बिहान साढे ७ बजे मतदान गरेका थिए ।
