काठमाडौँ — काठमाडौं महानगरपालिकामा विवेकशील साझा पार्टीका मेयर उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छन् । बास्कोटाले काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन् ।
बास्कोटाले काठमाडौं महानगरपालिका वडा नम्बर ३१ बाट मतदान गरेकी हुन् । काठमाडौं महानगरपालिकामा विवेकशील साँझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन् ।
उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन् । विवेकशील साझाले काठमाडौंका १० वडामा वडाअध्यक्ष र सदस्यहरू उम्मेदवार बनाएको छ ।
मेयरकी उम्मेदवार समीक्षा बास्कोटाले शुक्रबार बिहान साढे ७ बजे मतदान गरेकी हुन् ।
