माओवादी अध्यक्ष दाहालले गरे मतदान

वैशाख ३०, २०७९

रमेशकुमार पौडेल

चितवन — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् । शुक्रबार मतदान सुरु भएको केहिछिनमा नै भरतपुर महानगरपालिका १४ बाट उनले मतदान गरेका हुन् ।

भरतपुरस्थित शान्तिपुरको नेपाल प्रहरी स्कुल केन्द्रमा उनले मतदान गरेका हुन् ।

संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो । 

स्थानीय तह निर्वाचन २०७९

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully