सभामुख सापकोटाद्वारा मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । स्थानीय तह निर्वाचनमा शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा सभामुख सापकोटाले सिन्धुपाल्चकोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुबिण्डेस्थित सेतीदेवी पञ्चकन्या माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

सभामुख सापकोटाले शुक्रबार बिहान ७ बजे मतदान सुरु भएको केही बेरमै मतदान गरेका हुन् । 

शुक्रबार बिहान सात बजेदेखि नेपालभर मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु हुने भनिएको स्थानीय तहको निर्वाचन-२०७९ को मतदान सुरु भएको हो ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully