ललितपुर महानगरपालिका मेयर उम्मेदवार व्यञ्जनकारद्वारा मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले मतदान गरेका छन् ।  एमालेबाट मेयरका प्रत्याशी व्यञ्जनकारले ललितपुर च्यासलबाट मतदान गरेका हुन् ।

व्यञ्जनकारले शुक्रबार बिहान ७ बजे मतदान सुरु भएको केहीबेरमै मतदान गरेका हुन् । 

ललितपुर महानगरपालिकामा व्यञ्जनकारसँगै निवर्तमान मेयर चिरिबाबु महर्जन पनि गठबन्धनको तर्फबाट मेयर उम्मेदवार छन् । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully