कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनताले नेतृत्व नवीकरण गर्ने ऐतिहासिक अवसर हो : खनाल

काठमाडौँ — स्थानीय तह निर्वाचन जनताले आफ्नो नेतृत्व नवीकरण गर्ने ऐतिहासिक अवसर भएको पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बताएका छन् ।

जनताले नेतृत्व नवीकरण गर्ने ऐतिहासिक अवसर हो : खनाल

पूर्वप्रधानमन्त्री खनालले इलाममा मतदान गरेपछि उक्त प्रतिक्रिया दिएका हुन् । उनले इलामको सूर्योदय नगरपालिका ३ पान्दाममा रहेको केन्द्रबाट मतदान गरेका थिए ।

मतदानपछि प्रतिक्रिया दिँदै खनालले भने, 'निर्वाचन जनताले आफ्नो नेतृत्व नवीकरण गर्ने अवसर हो । यो एउटा ऐतिहासिक अवसर हो । जनताले आफ्नो नेतृत्व नवीकरण गरिरहेका छन् र आफ्नो भविष्य आफैं निर्धारण गर्न गइरहेका छन् ।'

नेपालमा अहिले पनि लोकतान्त्रिक व्यवस्था कलिलो रहेको खनालको भनाइ थियो । 'अहिले पनि लोकतन्त्र, गणतन्त्र कलिलो अवस्थामा नै छ । पहिलो स्थानीय तह निर्वाचनपछि गलत नेतृत्वका कारणले स्थायित्व प्राप्त नभएको मात्रै होइन संविधान र गणतन्त्रमाथि खतरा पैदा भयो । यो निर्वाचन संविधान, लोकतन्त्र, गणतन्त्रको रक्षा गर्नका लागि भइरहेको छ ।'

स्थानीय तहहरूमा निर्वाचित भएर आउने जनप्रतिनिधिले कृषि, पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने खनालको भनाइ थियो ।

प्रकाशित : वैशाख ३०, २०७९ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?