ललितपुर महानगरपालिकाका मेयर उम्मेदवार चिरिबाबुद्वारा मतदान

वैशाख ३०, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर महानगरपालिकाका उम्मेदवार चिरीबाबु महर्जनले मतदान गरेका छन् । महर्जनले ललितपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको आइडल मोडेल स्कुलमा स्थापना गरिएको केन्द्रबाट मतदान गरेका हुन् । 

ललितपुर महानगरपालिकामा महर्जन कांग्रेसबाट सत्तारुढ गठबन्धनका मेयर उम्मेदवार हुन् । उनी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि मेयर निर्वाचित भएका थिए । 

ललितपुर महानगरपालिकामा एमालेको तर्फबाट हरिकृष्ण व्यञ्जनकार मेयरका प्रत्याशी छन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully