एमालेले गर्‍यो बागी उम्मेदवारलाई कारबाही

वैशाख २०, २०७९

डम्बरसिं राई

भोजपुर — भोजपुरको सालपा सिलिछो गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका एमालेका शान्तिबहादुर अधिकारीविरुद्ध बागी उठेका दौलत कुलुङलाई एमालेले कारबाही गरेको छ । एमालेले कुलुङलाई अनिश्चित कालसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । 

त्यस्तै भोजपुर नगरपालिका–१२ का वडाध्यक्ष पदमा उठेका एमालेका गोपाल ताम्राकारविरुद्ध बागी उम्मेदवारी दिएका कुमार श्रेष्ठलाई पनि कारबाही गरिएको एमाले भोजपुरका अध्यक्ष शरण राईले बताए । 

श्रेष्ठलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको राईले बताए । ‘बागी बनेका दुवै जनालाई अनिश्चित कालसम्मका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो,’राईले भने ।

स्थानीय तह निर्वाचन २०७९

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully