कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्थानीय तह निर्वाचन

नेपाल-भारत सीमा तीन दिन बन्द गरिने

कमल पन्थी

बर्दिया — स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि बर्दियासँग जोडिएको नेपाल-भारत सीमा बन्द गरिने भएको छ । निर्वाचनको समयमा खुला सिमानाका कारण सुरक्षा चुनौती हुने भन्दै वैशाख २८ देखि ३० गते निर्वाचन नसकिँदासम्म सीमा बन्द हुने प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।

नेपाल-भारत सीमा तीन दिन बन्द गरिने

भारतीय समकक्षीसँग भएको सहमति अनुसार नेपाल-भारत सीमा बन्द गरिने भएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए ।

बैठकमा भारत उत्तर प्रदेश राज्यको बहराइच र श्रावास्तिक जिल्लाका सुरक्षा अधिकारी सहभागी थिए । सहमति अनुसार निर्वाचनका बेला नेपाल र भारतका सुरक्षाकर्मीले निर्वाचनका समय संयुक्त गस्ती पनि गर्ने भएका छन् ।

यस्तै निर्वाचनका समय आपराधिक क्रियाकलाप र घुसपैठ रोक्न सीमामा कडाइ गर्ने स्थानीय प्रशासनको तयारी छ । बर्दियासँग भारतको ८३ किमी सीमा खुला रहेको छ ।

प्रकाशित : वैशाख १९, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?