सल्यानमा १ सय ७४ उम्मेदवारी फिर्ता

वैशाख १६, २०७९

विप्लव महर्जन

सल्यान — स्थानीय निर्वाचनका लागि सल्यानमा उम्मेदवारी दिएका १ सय ७४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिनेमा १० स्थानीय तहमा अध्यक्ष तथा प्रमुखमा पदमा ६, उपप्रमुख तथा उपाध्यक्षमा ११, वडा अध्यक्ष ३२ र १ सय १० वडा सदस्य हुन् ।

मुख्य निर्वाचको कार्यालय सल्यानका अनुसार शारदा नगरपालिकाबाट प्रमुख एक, उपप्रमुखमा दुई, वडा अध्यक्ष ८ , वडा सदस्य १५ गरी २७, बाग्चौरमा उपप्रमुख १, वडा अध्यक्ष ६, सदस्य ४३ गरी ५०, बन्गाड कुपिण्डे नगरपालिकामा एक प्रमुख, दुई उपप्रमुख सहित २२, कुमाखमा अध्यक्ष १ ,उपाध्यक्ष २, वडा अध्यक्ष ३ र सदस्य ५, छत्रेस्वरीमा अध्यक्ष २, उपाध्यक्ष २, वडा अध्यक्ष ५ सदस्य १६, त्रिवेणीमा उपाध्यक्ष १, वडा अध्यक्ष २ सदस्य ८ गरी ११, कपुरकोटमा वडा अध्यक्ष १, कालिमाटीमा वडा अध्यक्ष २ , दार्मा गाउँपालिकामा अध्यक्ष १ उपाध्यक्ष १ ,वडा अध्यक्ष ३ र सदस्य १८ गरी २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

सिद्धकुमाख गाउँपालिकामा भने कसैले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी गराए । उनका अनुसार अध्यक्षमा फिर्ता लिएका ६ मध्ये स्वतन्त्रबाट तीन समाजवादीबाट दुई, कांग्रेसबाट एक, उपाध्यक्ष ९ मध्ये स्वतन्त्र ३, कांग्रेसका एक, समाजवादीका तीन, माओवादीका केन्द्र एक, एमालेका एक र राप्रपाबाट एक जना छन । यस्तै वडाअध्यक्षमा स्वतन्त्रबाट १३, समाजवादी १२ , माओवादी केन्द्र दुई राप्रपा तीन, सदस्यमा स्वतन्त्र १२,कांग्रेस ९, समाजवादी ३२,माओवादी केन्द्र  ४, राप्रपा १ छन् । 

स्थानीय निर्वाचनको लागि प्रमुख तथा अध्यक्ष पदमा ५२, उपप्रमुख तथा उपाध्यक्षमा ५२, वडा अध्यक्षमा ३ सय ६४, खुला सदस्यमा ६ सय २०, दलित महिला सदस्यमा २ सय ६९ , महिला सदस्यमा २ सय ९१ गरी १ हजार ६ सय ४८ ले उम्मेदवारी दिएका थिए ।  

स्थानीय तह निर्वाचन २०७९

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully