जनकपुरका बागी साहले फिर्ता लिएनन् उम्मेदवारी

एमालेका बागीले फिर्ता लिए

वैशाख १६, २०७९

कान्तिपुर संवाददाता

जनकपुर — जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसबाट बागी मनोज साहले उम्मेदवारी फिर्ता लिएनन् ।शुक्रबार पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो । उनी साँझ पनि चुनावी प्रचारप्रसारमा लागेका छन् ।

जनकपुर उपमहानगरपालिको प्रमुखमा जनता समाजवादी पार्टीबाट गठबन्धनका लालकिशोर साह प्रमुखका उम्मेदवार हुन् । कांग्रेसबाट गठबन्धनमा उपप्रमुखमा किशोरी साहलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट प्रमुखमा बागी उम्मेदवार रहेका मनोज साहलाई फकाउन दुई दिनअघि कांग्रेस नेता विमलेन्द्र निधि जनकपुर आएका थिए । 

यस्तै, धनुषाकै मिथिला नगरपालिकामा एमालेका बागी बनेका हरिनारायण महतोले भने उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका महतो उम्मेदवारी फिर्ता लिन राजी भएका थिए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully