मध्यपुर थिमिमा दलित महिला सदस्यको एकल उम्मेदवारी 

वैशाख १३, २०७९

कान्तिपुर संवाददाता

भक्तपुर — मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ मा दलित महिला सदस्य पदका लागि एकल उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार लक्ष्मी देउला (पोडे)को एकल उम्मेदवारी परेको मध्यपुर थिमि निर्वाचन अधिकृतको कार्यालय मध्यपुर थिमिकी निर्वाचन अधिकृत मैंया कंडेलले बताइन् । 

अन्य दलबाट मनोनयन दर्ता नभए पनि उम्मेदवारविरुद्ध उजुरी गर्ने समयावधिसम्म निर्विरोध घोषणा गर्न नमिल्ने उनले बताइन् । 

कान्तिपुर

Link copied successfully