एमाले गठबन्धनबाट तनहुँको व्यासमा जोशी र घर्तीको उम्मेदवारी

वैशाख १२, २०७९

सम्झना रसाइली

तनहुँ — तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाको प्रमुखमा नेकपा एमाले र कांग्रेसका पूर्वनेता गोविन्दराज जोशी समूहको गठबन्धनबाट दिपकराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् । दिपकराज नेता जोशीका छोरासमेत हुन् ।

यस्तै उपप्रमुखमा नेकपा एमालेबाट बसुन्धरा घर्तीले उम्मेदवारी दर्ता गराएकी छन् । सोमबार मुख्य निर्वाचन कार्यालयमा पुगेर दिपकराज र बसुन्धराले उम्मेदवारी दर्ता  गराएका हुन् ।

नेपाली कांग्रेसले टिकट नदिने भएपछि जिल्लामा नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशी समूहले नेकपा एमालेसँग चुनावी तालमेल गरेको हो । उक्त तालमेल अनुसार जोशीका छोरा दिपकराजले व्यास नगरप्रमुखमा उम्मेदवारी दिएका हुन् ।

जोशीले एमालेको समर्थनमा स्वतन्त्र चुनाव चिन्हबाट निर्वाचनमा लड्ने छन् ।

स्थानीय तह निर्वाचन २०७९

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully