कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
स्थानीय तह निर्वाचन २०७९

गठबन्धनबाट पोखरा महानगरको मेयरमा आचार्य र उपमेयरमा रानाभाट उम्मेदवार

पोखरा — पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनबाट पोखरा महानगरको मेयरमा आचार्य र उपमेयरमा रानाभाट उम्मेदवार

गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भएको खण्डमा पोखराको समुन्नति र आम पोखरेलीको अपेक्षा अनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसभित्र लामो रस्साकस्सीपछि सत्ता गठबन्धन दलहरूको तर्फबाट एकीकृत समाजवादीका आचार्य प्रमुख पदको उम्मेदवार बनेका हुन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले पोखराको मेयरमा समाजवादीलाई समर्थन जनाए पनि जिल्लामा कांग्रेस कार्यकर्ताहरूमाझ असन्तुष्टि देखिँदै आएको छ ।

प्रकाशित : वैशाख १२, २०७९ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?