मध्यविन्दुको मेयरमा किरियापुत्रीको मनोनयन दर्ता

वैशाख १२, २०७९

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकमा आमाको काज किरिया बसिरहेका भीमलाल अधिकारीले एमालेको तर्फबाट मेयर पदमा मनोनयन दर्ता गरेका छन् ।

आमाको किरिया बसेको ५ औं दिनमा निर्वाचन आयोगको कार्यालयमा पुगेर अधिकारीले सोमबार दिउँसो अधिकारीले मनोनयन दर्ता गराएका हुन् ।

अधिकारी एमालेबाट मेयरका उम्मेदवार हुन् । उनी नेकपा एमालेका जिल्ला सचिवसमेत हुन् । अधिकारी मनोनयन गर्न जाँदा ठूलो संख्यामा कार्यकर्ता र सर्मथकहरू निर्वाचन आयोगको कार्यालयसम्म सँगै पुगेका थिए ।

स्थानीय तह निर्वाचन २०७९

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully