दार्चुला — दार्चुला सदरमुकामकाे महाकाली नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा एमालेकाे मनाेनयन दर्ता भएकाे छ । मेयरमा नरसिह चैसिर र उपमेयरमा दुर्गा विष्टकाे मनाेनयन दर्ता भएकाे हाे ।
चैसिर यसअघि २०७४ मा महाकाली नगरपालिकाकाे मेयरमा पराजित भएका थिए । बिष्ट भने नयाँ अनुहार हुन् । एमालेले महाकालीका ९ वटै वडाहरूमा सबै पदमा मनाेनयन दर्ता गराउँदैछ ।
