भरतपुरको मेयरमा एमालेका सुवेदीले दिए उम्मेदवारी

वैशाख १२, २०७९

रमेशकुमार पौडेल

काठमाडौँ — भरतपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदमा विजय सुवेदीले मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गरेपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भरतपुरलाई पूर्वाधार र सामाजिक जीवनका दृष्टिले उत्कृष्ट सहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले मतदातालाई अपिल गर्दै अन्तरआत्माको आवाज सुनेर उपयुक्त व्यक्तिलाई मतदान गर्न आग्रह गरे । एमालेले भरतपुरको उपमेयरमा राप्रपालाई सहयोग गर्ने सहमति भएको छ ।

सोमबार उम्मेदवारी दिन एमालेका नेता कार्यकर्ताहरू बाजागाजासिहत मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

स्थानीय तह निर्वाचन २०७९

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully