ललितपुरको मेयरमा एमालेबाट व्यञ्जनकारको उम्मेदवारी दर्ता

वैशाख १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार र आस्था शाक्यले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।महानगरमा उम्मेदवारी दिन गएका उनीहरुले सांस्कृतिक बाजागाजासहित जुलुस गरेर जावलाखेलस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

अघिल्लो स्थानीय तह चुनावमा एमालेबाट मेयरका उम्मेदवार बनेका व्यञ्जनकार थोरै मतले पराजित भएका थिए ।

एमालेको तर्फबाट उम्मेदवार बनेका व्यञ्जनकारले शिक्षा, स्वास्थ्य, शिक्षाकाे विकास गरि समृद्धि महानगर बनाउने बताए । शाक्यले महिलालाई शिपमुलक तालिम दिइ राजगारी सिर्जना गर्ने, सांस्कृतिक महानगर बनाउने घाेषणा गरिन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully