काठमाडौंको मेयरमा राप्रपाका मदनदास श्रेष्ठको उम्मेदवारी 

वैशाख १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा मदनदास श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार बिहान र्‍यालीसहित श्रेष्ठले राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा मनोनयन दर्ता गरेका हुन् । श्रेष्ठ कलाकारसमेत हुन् । 

त्यस्तै उपमेयरमा राप्रपाकी विनिता मगैयाँले उम्मेदवारी दर्ता गरेकी छिन् । 

यसअघि सोमबार बिहान एमालेबाट काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराइसकेका छन् । आइतबार बालेन शाहलगायतका स्वतन्त्र उम्मेदवारले काठमाडौंको मेयरमा उम्मेदवारी दिएका थिए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully