सोमबार मध्याह्‍नसम्म १६ हजार ५ सय ६८ उम्मेदवारी दर्ता

वैशाख १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले सोमबार मध्याह्न १२ बजेसम्म १६ हजार ५ सय ६८ जनाले उम्मेदवारी दर्ता गरेको जनाएको छ । आयोगले वैशाख ३० गते हुने स्थानीय तह चुनावमा आइतबार र सोमबार दुई दिन उम्मेदवारी दर्ताका लागि छुट्टाएको छ ।

आइतबार न्यून उम्मेदवारी दर्ता भएपछि सोमबार बिहानदेखि त्यो संख्यामा वृद्धि भएको छ ।

देशभर ७ सय ५३ स्थानीय तहका ३६ हजार जनप्रतिनिधि छनोटका लागि निर्वाचन हुन लागेको हो । मध्याह्न १२ बजेसम्म सबैभन्दा बढी मधेस प्रदेशमा ५ हजार ४९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully