रामेछापमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल

वैशाख १२, २०७९

टीकाप्रसाद भट्ट

रामेछाप — नेपाली कांग्रेस गठबन्धनबाट बाहिरिएपछि रामेछापमा माओवादी केन्द्र र एकीकृत समाजवादीले आंशिक पालिकामा चुनावी तालमेल गर्ने भएका छन् । दुई पार्टीबीच जिल्लाका ८ मध्ये ४ वटा पालिकामा मिलेर निर्वाचनमा जाने सहमति भएको हो ।

एकीकृत समाजवादीका नेता देवशंकर पौडेलका अनुसार रामेछाप नगरपालिका, गोकुलगंगा गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा चुनावी गठबन्धन भएको छ ।

सहमतिअनुसार गोकुलगंगा गाउँपालिका र खाँडादेवी गाउँपालिका एकीकृत समाजवादी र रामेछाप नगरपालिका र उमाकुण्ड गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख पदमा उम्मेदवारी दिने भएका छन् । अन्य पालिकामा चुनावी तालमेल भइसकेको छैन । ‘हामी छलफलमै छौं टुंगो लागेको छैन,’  पौडेलले भने । 

स्थानीय तह निर्वाचन २०७९

टीकाप्रसाद

Link copied successfully