काठमाडौँभक्तपुर — नेपाली कांग्रेसले भक्तपुरमा मेयरको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस वाग्मती प्रदेश कार्यसमिति बैठकले नगर प्रमुखहरुको टुंगो लगाएर पठाएको हो ।
जसअनुसार मध्यपुर थिमिको मेयरमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुरमा राम कासुलालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
उपमेयरतर्फ चाँगुनारायणमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । मध्यपुर थिमि, सूर्यविनायक र भक्तपुर नगरपालिकाका उपमेयर भने माओवादी र समाजवादीलाई दिइएको छ ।
