एमालेले भक्तपुरमा टुंग्यायो उम्मेदवार

वैशाख १२, २०७९

कान्तिपुर संवाददाता

भक्तपुर — नेकपा एमालेले भक्तपुरका चार नगरपालिकाका उम्मेदवार टुंगो लगाएकाे छ । एमालेले सूर्यविनायक, मध्यपुर थिमि नगरप्रमुखमा दोहोर्‍याउने र चाँगुनारायण नगरकी उपप्रमुखलाई प्रमुखको उम्मेदवार बनाउने भएको छ । आइतबार रातिसम्म बसेको एमालेको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।  

एमालेबाट सूर्यविनायक नगरपालिकाकाे प्रमुखमा बासुदेव थापा र उप प्रमुखमा सरिता भट्टराई, मध्यपुर थिमिकाे प्रमुखमा मदन सुन्दर श्रेष्ठ र उप प्रमुखमा उत्तरा नेपाल उम्मेदवार हुने भएका छन् ।

त्यसैगरी चाँगुनारायण नगरपालिकाले प्रमुखमा बिना बास्तोला र उपप्रमुखमा रमेश बुढाथोकी छनोट भएका छन् ।

त्यस्तै भक्तपुर नगरपालिकाकाे प्रमुखमा रबिन्द्र लाछिमस्यु र उप प्रमुखमा रन्जना खर्बुजाकाे उम्मेदवारी तय भएकाे छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully