गण्डकी प्रदेशका २९ पालिका प्रमुखमा यी हुन् एमालेका उम्मेदवार

वैशाख १०, २०७९

कान्तिपुर संवाददाता

पोखरा — नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाको प्रमुख उम्मेदवारको टुंगो लगाएको छ । शुक्रबारको प्रदेश कमिटीको सचिवालयले ती उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको एमाले प्रदेश सचिव धनन्जय दवाडीले बताए । 

दवाडीका अनुसार पालिकाबाट आएका सर्वसम्मत् नाम र केहीमा छनोटका आधारमा टुंगो लगाइएको हो । मुस्ताङका सबै ५ वटै स्थानीय तहमा अध्यक्ष र उपाध्यक्षको टुंगो लागेको छ । मनाङका ४ मध्ये एउटामा उपाध्यक्षबाहेक अरुमा अध्यक्ष र उपाध्यक्षको पनि टुंगो लागेको दवाडीले बताए ।

लमजुङको ८ मध्ये एउटा पालिकाको अध्यक्षको टुंगो लागेको छ । गोरखाका २, स्याङजाको ३, तनहुँ, पर्वत र कास्कीको एक-एक पालिकाको अध्यक्षका उम्मेदवार पनि टुंग्याइएको छ । म्याग्दीको ६ पालिकामध्ये ४ मा अध्यक्ष र २ मा उपाध्यक्षको, पूर्वी नवलपरासीमा २ अध्यक्ष र एक उपाध्यक्ष, बागलुङमा ५ प्रमुख र ४ उपप्रमुख टुंगाइएको छ । 

गण्डकी प्रदेशअन्तर्गतका पालिकाका उम्मेदवारहरुको नामावली

१. मुस्ताङ

बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका

अध्यक्ष -रिञ्जिङ गुरुङ

उपाध्यक्ष -दिकी गुरुङ

लोघ्यागर गाउँपालिका

अध्यक्ष- लोप्साङ छेप्पेल विष्ट राजु

उपाध्यक्ष -छिरिङ ल्ह्यामो गुरुङ 

लोमाङन्थाङ गाउँपालिका

अध्यक्ष- टसीनुर्वु गुरुङ

उपाध्यक्ष - छिमि विष्ट गुरुङ

थासाङ गाउँपालिका 

अध्यक्ष -  प्रदीप गौचन

उपाध्यक्ष - सुमिता शेर्पा

घरपजोङ गाउँपालिका 

अध्यक्ष- सञ्जय कुमार थकाली

उपाध्यक्ष- मिम कुमारी शेरचन

२.मनाङ 

मनाङ निस्याङ गाउँपालिका

अध्यक्ष-  कान्छा घले

उपाध्यक्ष-  छिरिङधावा गुरुङ

चामे गाउँपालिका

अध्यक्ष- लोकेन्द्र घले

उपाध्यक्ष- आशकुमारी गुरुङ

नासों गाउँपालिका 

अध्यक्ष- मनबहादुर गुरुङ

उपाध्यक्ष- अर्विन गुरुङ (स्वतन्त्र)

नार्पाभूमि गाउँपालिका

अध्यक्ष ज्याप्ले गुरुङ र उपाध्यक्षमा भेग मिलाउनु पर्ने भएकाले छलफल

३.लमजुङ जिल्ला

क्वोंलासोंथर गाउँपालिका

अध्यक्ष- सूर्यप्रसाद गुरुङ

४.गोरखा 

अजिरकोट गाउँपालिका

अध्यक्ष-  शेखरनाथ न्यौपाने

चुमनुब्री गाउँपालिका

अध्यक्ष- सुक बहादुर गुरुङ

उपाध्यक्ष- सानु गुरुङ

५.स्याङ्जा 

आँधिखोला गाउँपालिका

अध्यक्ष- विश्व पौडेल

उपाध्यक्ष- सीता थापा

वालिङ नगरपालिका

प्रमुख- कृष्ण बहादुर खाँड

उपप्रमुख- खगीसरा थापा मगर

हरिनास गाउँपालिका

अध्यक्ष- खिमनारायण मानन्धर

६.तनहुँ 

आँबुखैरेनी गाउँपालिका

अध्यक्ष- ऋषि केसी

७.कास्की

रुपा गाउँपालिका

अध्यक्ष- नवराज ओझा

उपाध्यक्ष- लालसुब्बा गुरुङ

८. म्याग्दी 

अन्नपूर्ण गाउँपालिका

अध्यक्ष- भरतकुमार पुन

उपाध्यक्ष- दिवाकुमारी तिलिजा

रघु गंगा गाउँपालिका

अध्यक्ष- प्रेम बहादुर कार्की

उपाध्यक्ष- यामकुमारी गर्बुजा

मालिका गाउँपालिका

अध्यक्ष- वेगप्रसाद गर्बुजा

मंगला गाउँपालिका

अध्यक्ष- सतप्रसाद रोका

९.नवलपुर 

हुप्सेकोट गाउँपालिका

अध्यक्ष- चेतन राना

उपाध्यक्ष- मणि पाण्डे

मध्यविन्दु नगरपालिका

प्रमुख- भिमलाल अधिकारी

१०. पर्वत 

पैयुँ गाउँपालिका

अध्यक्ष- महेन्द्र श्रेष्ठ

उपाध्यक्ष- यमकुमारी राना

११.बाग्लुङ 

तमानखोला गाउँपालिका

अध्यक्ष- देवेन्द्र छन्त्याल

उपाध्यक्ष- टेकमति बिक

ढोरपाटन नगरपालिका

प्रमुख- देव बहादुर नेपाली

ताराखोला गाउँपालिका

अध्यक्ष- ऋषिराम रोका

उपाध्यक्ष- थममाया घर्ती

गलकोट नगरपालिका

प्रमुख- पूर्ण काउछा

उपप्रमुख- रुपा बिक

जैमिनी नगरपालिका

अध्यक्ष- लिला राना

उपाध्यक्ष- यमुना शर्मा

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully