कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हिमाली क्षेत्रमा पनि चुनावी दौडधुप

धादिङ —  भौगोलिक रूपमा विकट हिमाली क्षेत्र रुबी भ्याली गाउँपालिकामा एक बस्तीबाट अर्कोमा पुग्नै दिन बित्छ । जहाँ चुनाव प्रचारमा अगुवा नेता मात्रै होइन, गाउँलेको समूह नै बनाएर अर्को गाउँमा पुग्ने गरिएको छ ।

हिमाली क्षेत्रमा पनि चुनावी दौडधुप

नेकपा (एकीकृत समाजवादी) ले एक वडाबाट अर्को वडामा गई प्रचार गर्ने अभियान नै चलाएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष एवं वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे पनि चुनावी अभियानकै क्रममा सेर्तुङको सदाचेत पुगेका थिए । खनियास र रुविभ्यालीका ठाउँ–ठाउँमा चुनावी सभा गरेर उनी फर्किएका छन् ।

२०७४ को स्थानीय चुनावमा रुबी भ्यालीको नेतृत्व राप्रपाका उम्मेदवारले लिएका थिए । अहिले आफ्नो पक्षमा पार्न जनमत बटुल्न एमाले, कांग्रेस, माओवादी केन्द्रलगायत दल पनि जोडतोडका साथ प्रचारप्रसारमा जुटेका छन् 

एमाले केन्द्रीय सदस्य खेम लोहनी, पूर्वासांसद धनबहादुर घलेलगायत केन्द्रीय नेताहरू नै प्रचारमा खटिएका छन् । माओवादीका रामसिंह तामाङसहितका नेता–कार्यकर्ता पनि रुबी भ्यालीवासीका घरघरै पुगेर मत मागिरहेका छन् । तर, दलहरूले उम्मेदवारको भने टुंगो लगाइसकेका छैनन् ।

कांग्रेसले पनि ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई ग्रामीण बस्तीहरूमै लक्षित गराएको छ । कांग्रेसका जिल्ला नेताहरू भक्त लामा र वासु तिमल्सिना पनि अहिले उत्तरी भेगमै व्यस्त छन् ।

प्रकाशित : चैत्र २६, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?