नयाँदिल्लीमा किताब जात्रा

आश्विन १५, २०८१

कान्तिपुर संवाददाता

Kitab Jatra in New Delhi

काठमाडौँ — किताब जात्राको नयाँदिल्ली चौथो संस्करण आइतबार सम्पन्न भएको छ । दिल्लीको हौजखासस्थित पीएचडी हाउसमा सम्पन्न किताब जात्राका विभिन्न सत्रमा साहित्य, साहित्य प्रकाशन, नेपाल–भारत सम्बन्धलगायतका विषयमा अन्तर्क्रिया गरिएको थियो । 

पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको उक्त किताब जात्रा महोत्सवको चौथो संस्करणमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापा, अन्नपूर्ण पब्लिकेसनका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, भारतीय सेनाका पूर्वजनरल अशोक मेहता, नेपालका लागि पूर्व भारतीय राजदूत मञ्जिव सिंह पुरीलगायतको उपस्थिति थियो । पत्रकार टीकाराम यात्री, जीवराम भण्डारी, कमलदेव भट्टराई, आकांक्षा शाह, विष्णुबहादुर गुरुङ, कवि विप्लव प्रतीकले जात्रामा सहभागिता जनाएका थिए । 

Kitab Jatra in New Delhiउक्त किताब जात्रामा क्याप्टेन थापाद्वारा लिखित पुस्तक ‘इन टु द फायर’ को अन्तर्राष्ट्रिय विमोचन पनि गरिएको थियो । पुस्तक जात्राको एक सत्रमा उक्त पुस्तकका बारेमा विमर्श गरिएको थियो ।

किताब यात्रा फाउन्डेसनका अध्यक्ष एवं किताब जात्राका निर्देशक ऋषिराम अधिकारीले पठन संस्कृति बसाल्नका लागि महोत्सव गरी निरन्तर प्रयास गर्दै आएको र यस संस्करणमा भारत–नेपाल सम्बन्ध, साहित्य, प्रकाशनको विषयमा छलफल गर्दै संस्कृतिको जगेर्ना गर्ने प्रयास भएको बताए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully