कलेज टु वाच : हेराल्ड कलेजमा ‘भीम्याग’

आश्विन १४, २०८१

कान्तिपुर संवाददाता

College to Watch: 'VMag' at Herald College

काठमाडौँ — नेपालमा सञ्चालित विभिन्न कलेजको शैक्षिक वातावरण, शिक्षाको गुणस्तर, अतिरिक्त क्रियाकलापलगायतका विषयमा जानकारी दिँदै आएको ‘भीम्याग’ टिम यस पटक काठमाडौंमा रहेको हेराल्ड कलेजमा पुगेको छ । 

आईटी र बिजनेस कोर्स पढाउँदै आएको हेराल्डले विद्यार्थीलाई पढाइसँग कमाइको अवधारणामा कक्षा सञ्चालन गर्दै आएको छ । विद्यार्थीले भविष्यमा आफ्नो पेसा, व्यवसायलाई मद्दत पुग्ने गरी तयार पारेका आईटी प्रोजेक्टलाई हेराल्डले सहयोग गर्दै आएको छ भने कलेज परिसरमा नै बिजनेसका विद्यार्थीका लागि ‘बिज बजार’ को प्लेटफर्म दिइरहेको छ । उक्त बजारमा विद्यार्थीले बिक्रीका लागि राखिएका विभिन्न सामग्रीका स्टलहरू राखिएका छन् ।

हेराल्डका विद्यार्थीले उक्त बिज बजारको अवधारणाले आफ्नो पढाइका लागि आर्थिक सहयोग पुर्‍याइरहेको ‘भीम्याग’ का भीजे संजोग कोइरालासँग अनुभव साटेका थिए । हेराल्ड कलेजले शिक्षा र व्यवसायलाई सन्तुलन मिलाएर अघि बढाइरहेको यसका सीईओ प्रकाश श्रेष्ठले बताए । उनले भने, ‘हाम्रो कलेजको बलियो पक्ष भनेकै यहाँको पृथक् पाठ्यसामग्री हो ।

नेपालमा एआई एजुकेसनको सुरुवात गर्नेमा हामी नै पहिलो । त्यसैगरी विश्वकै उत्कृष्ट साइबर सेक्युरिटी कोर्स पनि सुरु गर्न लागेका छौं ।’ उनले बजार लक्षित बिजनेस कोर्सका साथै ‘एलटीडब्लू’ अर्थात् ‘लेक्चर, ट्युटोरियल एन्ड वर्कसप’ सिद्धान्तमा हुने प्रयोगात्मक शैलीको अध्यापनले विद्यार्थीलाई भविष्यमा करिअर निर्माणका लागि सक्षम बनाउने दाबी गरे । 

यूके युनिभर्सिटीबाट सम्बन्धन प्राप्त हेराल्डले विद्यार्थीका लागि ‘स्कलरसिप’ र ‘फेलोसिप’ को पनि व्यवस्था गरेको जनाउँदै विश्वभर २० भन्दा बढी कलेजसँग पार्टनरसिप प्रोग्राम चलाइरहेको सीईओ श्रेष्ठले बताए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully