कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

‘कर्णाली उत्सव : कुडा कर्नालीका’को पाँचौं संस्करण सुरु

तृप्ति शाही

वीरेन्द्रनगर — ‘कर्णाली उत्सव : कुडा कर्नालीका’ सुरु भएको छ । शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा उत्सव सुरु भएको हो । ३ दिनसम्म सञ्चालन हुने उत्सवमा प्रकोप र पुनर्निर्माण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ ।

‘कर्णाली उत्सव : कुडा कर्नालीका’को पाँचौं संस्करण सुरु

उत्सवमा कर्णालीको रूपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन हुने आयोजक कमिटीका संयोजक कमल लम्सालले बताए ।

‘कर्णाली उत्सव’का कार्यकारी निर्देशक दिनेश गौतमले २०७६ सालदेखि कर्णालीमा राष्ट्रिय स्तरको बहस कार्यक्रमको आवश्यकता महसुस गरेर सुरु भएको उत्सव–यात्रा अनवरत चलिरहेको बताए । कर्णालीले आफ्नो कुरा आफैं भन्न थालेको र देशको चिन्तन गर्न थालेको उनले बताए । कर्णालीले पनि राष्ट्रिय स्तरको बहस कर्णालीमै बसेर गर्न सक्छ भन्ने कुरा उत्सवले देखाएको उनको भनाइ थियो । उनले बहसका हरेक सत्र लिपिबद्ध गर्दै आएको बताए

उत्सवको कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरे । उद्घाटन सत्रमा आयोजक सहरको तर्फबाट ‘वीरेन्द्रनगरमा बहसको वहार’ विषयमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले विचारको बहसले कर्णालीमा नयाँ डिस्कोर्स सुरु भएको बताइन् ।

कर्णाली सामााजिक न्यायको क्षेत्रमा समेत पछि परेकोले त्यसका लागि पनि बहस आवश्यक रहेको उनले बताइन् । ‘कर्णालीको विकास, राजनीति, सामाजिक न्यायका कुरामा बहस हुन आवश्यक छ,’ उनले भनिन्, ‘कर्णालीमा दुःखका मात्र नभइ समृद्धि र सम्भावनाका कुरा हुन् आवश्यक छ । हामीले हाम्रा कुरा भन्न आवश्यक छ । त्यसका लागि यस्ता बहसको महत्त्व छ । हामीले हाम्रो विरासतका विषयमा बोल्न आवश्यक छ । यो विचारको वहस राष्ट्रिय र अन्तिराष्ट्रिय स्तरमा स्तरमा सुनिन आवश्यक छ । ’ उत्सवमा १३ वटा सत्रका ६३ वक्ता र १८ सहजकर्ता छन् ।

प्रकाशित : फाल्गुन ५, २०८० १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?