कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

'ओपेनहाइमर' लेखक बर्ड भन्छन् : नेपालका छिमेकी देशहरूसँग खतरनाक आणविक हतियार छन्

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक तथा पत्रकार काई बर्डले ‘ओपेनहाइमर’ नेपालजस्ता देशका लागि सान्दर्भिक रहेको बताएका छन् । पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलमा ‘बेस्टसेलरदेखि ब्लकबस्टर : द ओपेनहाइमर स्टोरी’ सत्रका पत्रकार कुन्द दीक्षितसँगको कुराकानीमा उनले नेपालका छिमेकी मुलुकहरूसँग खतरनाक आणविक हतियार रहेको बताएका हुन् । 

'ओपेनहाइमर' लेखक बर्ड भन्छन् : नेपालका छिमेकी देशहरूसँग खतरनाक आणविक हतियार छन्

बर्डको ‘अमेरिकन प्रोमेथियसः द ट्राइम्फ एन्ड ट्र्याजेडी अफ जे रोबर्ट ओपेनहाइमर’ भौतिकशास्त्री जे रोबर्ट ओपेनहाइमरको जीवनीमा आधारित पुस्तक हो ।

पुलित्जर पुरस्कार विजेता बर्डले कुराकानीका क्रममा नेपाल जस्ता देशका लागि चलचित्र र पुस्तक दुवैको सान्दर्भिकता रहेको बताएका थिए । बर्डले भने, ‘नेपालका छिमेकी भारत, चीन र पाकिस्तानसँग साँच्चै खतरनाक आणविक हतियार छन् । अहिले उत्तर कोरिया, पाकिस्तान, भारत, इजरायल, फ्रान्स र इंग्ल्यान्डजस्ता देशहरूसँग खतरनाक हतियार छन् । हामी धेरै खतरनाक समयमा बाँचिरहेका छौं ।’

कुराकानीको क्रममा बर्डले आफू पत्रकारबाट जीवनीकारमा कसरी परिवर्तन भयो भन्ने कुरा पनि सुनाए । संयोगवश पुस्तक लेख्न पुगेको बताउँदै जीवनी लेखनमा पुगेको उनले सुनाए । बर्डका अनुसार इतिहास सम्प्रेषण गर्ने सबैभन्दा शक्तिशाली साधन जीवनी हो । ‘यस्तो विषयमा चलचित्र बनाएर ध्यानाकर्षण गराएकोमा म क्रिस्टोफर नोलानप्रति आभारी छु,’ उनले भने । सहलेखक मार्टिन जे सेरविनले पुस्तकको विषयवस्तुमा २० वर्ष अनुसन्धान गरेको पनि बर्डले बताए ।

प्रकाशित : फाल्गुन ५, २०८० १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?