कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

नेपाल लिटरेचर फेस्टिभलमा बहस : युवालाई फर्काउन के गर्ने ?

कान्तिपुर संवाददाता

पोखरा — पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा विदेशिएका नेपाली युवाहरूलाई स्वेदश फर्काउने विषयमा बहस भएको छ । फेस्टिभलको दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्ले र पूर्व मिस नेपाल शृङ्खला खतिवडाले उक्त विषयमा बहस गरे ।

नेपाल लिटरेचर फेस्टिभलमा बहस : युवालाई फर्काउन के गर्ने ?

सांसद वाग्लेले श्रमको खोजिमा भौतारिने स्वरुप बदलिएको बताए ।नेपाली विदेशिने संस्कृति लामो समयदेखि रहेको सुनाए । ‘रोजगारीको अवसरको खोजीमा नेपालीहरु भौतारिँदै खोज्दै मुग्लान झर्ने आर्मीमा आबद्ध हुने पूरानै हो यसको स्वरुप बदलियो । २१ औं शताब्दीमा श्रम र पूजीँको अन्तरघुलन भूमण्डलीकरण चर्केको हो । क्यापिटल र लेबलको मुभमेन्ट भएको हो,’ उनको भनाइ उदृृत गर्दैफेस्टिभलद्वारा जारी प्रेस नोटमा छ ।

समय चक्रले विकसित देशमा दक्ष जनशक्तिको आवश्यकता पारेपछि नेपालीले सो अवसरलाई सदुपयोग गरेको पूर्व मिस नेपाल खतिवडाले बताइन् ।

‘समय चक्रले यस्तो बनायो विदेशी भूमिका युवा शक्ति, कामदारको कमी भयो विभिन्न दक्षताको चाहियो । त्यो कारणले उनीहरुले ढोका खोल्दै गए । नेपालीले देखिरहेको थियो । त्यसपछि नेपालीहरु जान थाले,’ उनले भनिन् ।

बाध्यता र आवश्यकताका कारण विदेश होमिएका नेपाली फर्काउन समस्या नरहेको उनको धारणा छ । नेपाल फर्किसकेपछि उनीहरुलाई अडाई राख्ने अवसरको विषयमा प्रश्न चिन्ह खडा भएको उनको भनाइ छ ।

‘बाध्यता र चरम आवश्यकताले नेपाल छोडेर जाँदै छन् । उनीहरु खाडी मूलकमा गइरहेका छन् । उनीहरुलाई नेपाल फर्काउनु हाम्रो लागि च्यालेन्ज होइन तर फकाई सकेपछि कसरी नेपालमा राख्ने प्रश्न हो,’ उनले भनिन् ।

अहिलेका समस्या सम्बोधनका लागि लागि ग्लोबल सिटिजन क्नसेप्ट महत्वपूर्ण रहेको सांसद वाग्लेले बताए । ‘ग्लोबल सिटिजनको कन्सेप्ट नेपाल छोडे पनि नेपाली नै हो भन्ने अवधारण ल्याउन सक्यो भने धेरै हुन्छ । नभनिएको होइन हरेक पञ्चवर्षीय योजनामा लगानी गर्न सहज गर्छाौ भन्ने छ तर त्यो वातावरण छैन,’ उनले भने ।

आर्थिक सुरक्षा खोजेर विदेश पलायन भइरहेका युवाहरुलाई देशमा रोजगारीको वातावरण सिर्जन गर्नुपर्ने खतिवडाको धारणा छ। सरकारी संयन्त्रबाट रोजगारको आशाभन्दा निजी क्षेत्रलाई बलियो बनाउनुपर्ने उनको भनाइ थियो । नीजि क्षेत्र बलियो भयो भने उनीहरुले रोजगारी अवसर सिर्जना गर्न सक्ने उनको विचार छ ।

हार्भर्ड विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी शृङ्खला नेपाल फर्किएकी हुन् । आफनो लागि नेपालमा अवसर भएकै कारण फर्किएको उनको भनाई छ ।

‘विदेशभन्दा नेपालमा मलाई अवसर भएर नै फिर्ता आएकी हुँ । नेपालमा एक हिसाबको उचाई पाइसकेपछि ग्लोबली केही गरौं भन्ने थियो । ग्लोबल एरिनामा मैले केही गर्नुछ भने नेपाललाई नै लन्च प्याड बनाउँदा सबभन्दा भ्यालुएबल र सुनौलो अवसर थियो,’उनले भनिन् ।

वाग्ले २० वर्ष विदेशी भूमिलाई कर्मथलो बनाएपछि नेपाल फर्किएका व्यक्ति हुन् । रामशरण महत लगायतका नेताले स्वदेश फर्किन घच्घचाएपछि नेपाल फर्किएको उनले सुनाए ।

प्रकाशित : फाल्गुन ४, २०८० २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?