साहित्य उत्सव

लिटरेचर फेस्टिभलमा प्रकृति र पर्यटनको चिन्ता

फाल्गुन ७, २०८०

साहित्य, संगीत, सिनेमा मात्रै होइन राजनीति, अर्थतन्त्र, शिक्षा, प्रकृति, पर्यटनको सेरोफेरोमा पनि बहस गर्दै ११ औं नेपाल लिटरेचर फेस्टिभल सोमबार सकिएको छ । वुकवर्म फाउन्डेसनको आयोजनामा फेवाताल ...

कोही किन राजनीतिमा आउँछ ?

माओवादी युद्धमा होमिएका, लोकतन्त्र ल्याउन लडेकादेखि भर्खर उदाएको नयाँ पार्टीका नेता–नेतृ शनिबार दिउँसो फेवाताल किनारको एउटै स्टेजमा थिए । नेपाल लिटरेचर फेस्टिभलको ‘कोही किन राजनीतिमा आउँछ ?’ सत्रमा पर्यटनमन्त्री एवं माओवादी नेता सुदन किराती, प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदीप पौडेल, रास्वपाकी प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ र एमालेबाट निर्वाचित बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा वक्ता थिए । 

मुख्यमन्त्री र पूर्वमुख्यमन्त्री भन्छन् : संघीयता कार्यान्वयनमा संघीय सरकार नै बाधक 

‘अझ हाम्रो पालामा भन्दा अहिले दोस्रो कार्यकालमा आएर प्रदेश सरकारहरुलाई पूरा बजेटको ३ प्रतिशतमात्रै दिएको छ । संघीयता कमजोर यसकारण भएको हो’, प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भने, ‘माथिबाट थिचेको थिच्यै गरेको छ । माथिबाट प्रदेशको अधिकारलाई कटौती गरेर तलबाट स्थानीय तहलाई उचाल्ने काम गरिरहेको छ ।’

‘बुद्ध मार्गदर्शक हुन्, भगवान् होइनन्’

सिद्धार्थ गौतम अर्थात् बुद्ध भगवान् हुन् कि होइनन् ? पोखराको फेवाताल किनारमा जारी  नेपाल लिटरेचर फेस्टिबलको ११औं संस्करणअन्तर्गत ‘बुद्ध : भगवान् कि दार्शनिक ?’ सत्रमा यही प्रश्नमा केन्द्रित रहेर शनिबार बहस भयो । यो बहसमा वक्ता ‘बुद्धकालीन समाज’ पुस्तकका लेखक उमाकान्त पौड्याल र भिक्षु धज्जवन्तो र सहजकर्ता लेखक सरस्वती प्रतीक्षा थिए । 

‘कर्णाली उत्सव : कुडा कर्नालीका’को पाँचौं संस्करण सुरु

‘कर्णाली उत्सव : कुडा कर्नालीका’ सुरु भएको छ । शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा उत्सव सुरु भएको हो । ३ दिनसम्म सञ्चालन हुने उत्सवमा प्रकोप र पुनर्निर्माण, समाज, साहित्य र विकास, लोकतन्त्र र सुशासनका विषयमा छलफल हुनेछ ।

'ओपेनहाइमर' लेखक बर्ड भन्छन् : नेपालका छिमेकी देशहरूसँग खतरनाक आणविक हतियार छन्

लेखक तथा पत्रकार काई बर्डले ‘ओपेनहाइमर’ नेपालजस्ता देशका लागि सान्दर्भिक रहेको बताएका छन् । पोखरामा भइरहेको नेपाल लिटरेचर फेस्टिभलमा ‘बेस्टसेलरदेखि ब्लकबस्टर : द ओपेनहाइमर स्टोरी’ सत्रका पत्रकार कुन्द दीक्षितसँगको कुराकानीमा उनले नेपालका छिमेकी मुलुकहरूसँग खतरनाक आणविक हतियार रहेको बताएका हुन् । 

११ औं नेपाल लिटरेचर फेस्टिभल : अर्थतन्त्र, महजोडी र गाउँ

दैनिक तीन हजार नेपाली युवा ‘देशमा भविष्य नभएको’ भन्दै बाहिरिँदै गर्दा हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरी पूर्वमिस नेपाल शृंखला खतिवडा स्वदेश फर्किइन् । अर्थशास्त्री स्वर्णिम वाग्ले नेपाल फर्किएर राजनीतिमा होमिए ।

वीरेन्द्रनगरमा शनिबारदेखि 'कुडा कर्नालीका'

वीरेन्द्रनगरमा शनिबारदेखि कर्णाली उत्सव ‘कुडा कर्नालीका’ हुने भएको छ । फागुन ५,६ र ७ गते पाँचौ संस्करणका रुपमा हुने उत्सव तीन दिनसम्म चल्नेछ ।

नेपाल लिटरेचर फेस्टिभलमा बहस : युवालाई फर्काउन के गर्ने ?

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा विदेशिएका नेपाली युवाहरूलाई स्वेदश फर्काउने विषयमा बहस भएको छ । फेस्टिभलको दोस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्ले र पूर्व मिस नेपाल शृङ्खला खतिवडाले उक्त विषयमा बहस गरे ।

नेपाल लिटरेचर फेस्टिभलको ११औं संस्करण फागुन ३ देखि पोखरामा

नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण यही फागुन ३ गतेदेखि ७ सम्म पोखरामा आयोजना हुने भएको छ ।  बिहीबार आयोजक संस्था बुकवर्म फाउन्डेसनलले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी फेस्टिभल बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुने जानकारी दिएको हो ।