उदयपुर-२ मा समानुपातिकतर्फ रास्वपालाई १६ हजार ८०१ मत आएको छ । यो मत सो क्षेत्रको प्रत्यक्षतर्फको भन्दा १ हजार ९९९ बढी मत हो ।
उदयपुर — प्रतिनिधिसभा सदस्य चयनका लागि उदयपुर-२ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई १६ हजार ८०१ मत आएको छ । यो मत सो क्षेत्रको प्रत्यक्षतर्फको भन्दा १ हजार ९९९ बढी मत हो ।
नेकपा एमालेलाई ६ हजार ५२४ आएको छ भने नेपाली कांग्रेसलाई ५ हजार ८१८ आएको हो । त्यस्तै, श्रम संस्कृति पार्टीलाई ४ हजार ९९२ आएको छ भने नेपाली कम्युनिस्ट पार्टीलाई ४ हजार ६९५ मत आएको छ ।
समानुपातिकमा एमालेले प्रत्यक्षभन्दा १ हजार १२४ मत कम पाएको हो भने कांग्रेसको पनि १ हजार ४७२ मत कम हो । नेपाली कम्युनिष्ट पार्टीले पनि ४२२ मत कम पाएको छ । श्रम संस्कृतिले भने यहाँ ८५३ मत बढी समानुपातिकमा पाएको छ ।
समानुपातिकतर्फको कुल मत ४५ हजार ७३ गणना हुँदा २ हजार ८८५ मत बदर भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय उदयपुर–२ ले समानुपातिकतर्फको मतगणना छिटो सकेको हो । आइतबार एकाबिहानै प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक गरे लगत्तैदेखि समानुपातिकतर्फको गणना थालेको थियो ।
