सुनसरी-१ मा २६ जनाको उम्मेदवारी, २ जना महिला

मंगलबार धरान उपमहानगर –८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा २६ जनाले मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिएका छन् ।

माघ ६, २०८२

एलिना राई

26 candidates, 2 women, in Sunsari-1

धरान — सुनसरी निर्वाचन क्षेत्र नं. १ मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार धरान उपमहानगर –८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा २६ जनाले मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिएका छन् । जसमा १९ जनाले विभिन्न राजनीतिक दलहरूबाट र  ७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको अधिकृत घिमिरेले बताए ।

उम्मेदवार दर्ता गराएकाहरूमा नेकपा एमालेको टीकाराम लिम्बू, नेपाली कांग्रेस पार्टीका सुजेन्द्र गोले तामाङ, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ), नेपाल मजदुर किसान पार्टीको उम्मेदवार महेश श्रेष्ठ, मगोल नेशनल अर्गनाइजेसन राजेन्द्र गुरुङ, नेपाल कम्युनिस्ट पार्टी माओवादी (नेत्रविक्रम चन्द )का दिल बहादुर बास्तोला (नगेन्द्र), राष्ट्रिय साझा पार्टीको उम्मेदवार भूपी राई रहेका छन् ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज (सूर्यबहादुर) भट्टराई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार राजकुमार लिम्बू, नेपाली जनश्रमदान संस्कृति पार्टीको उम्मेदवार राजकुमार राई, संयुक्त नागरिक पार्टी नरेश विक, राष्ट्रिय स्वतन्त्र पार्टीको गोमा तामाङ (सरिन), उज्यालो नेपाल पार्टीको डम्बर लावती, नेकपा संयुक्त पार्टीका श्याम नारायण राजधामी, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, आम जनता पार्टीका राय बहादुर विष्ट , जनता समाजवादी पार्टी नेपालबाट सञ्जय राई, जनता समाजवादी पार्टीका नगेन्द्रबहादुर लिम्बू, राष्ट्रिय प्रजातन्त्र पाटीका उद्धव श्रेष्ठ र मितेरी पार्टी नेपालको डा.रक्ष कुमार राई रहेका छन् ।

त्यस्तै, स्वतन्त्रबाट ओमकृष्ण उदास, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्म , चेतबहादुर राई, जीवनकला राई, सुमित राई र देउमान लिम्बूले मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी जाँच, दाबी–विरोध र अन्तिम नामावली प्रकाशन पछि उम्मेदवारलाई चुनाव चिन्ह वितरण हुने जनाइएको छ ।

सुनसरी निर्वाचन क्षेत्र १ मा धरान उपमहानगरपालिकाको २० वटै वडा , बराहक्षेत्र नगरपलिकाको वडा नं. १,२,३,४, र ५ र रामधुनी नगरपालिकाको ६ र ७ वडा पर्दछ । यस क्षेत्रमा १ मा कुल १ लाख ५० हजार ३९३ जना मतदाता छन् । यस निर्वाचन क्षेत्रबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेको समर्थनमा जनता समाजवादी पार्टीका अशोक राई विजयी भएका थिए ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully