दिउँसो साढे ३ बजे देखि अर्को सूचना जारी नभएसम्म इटहरीको मुख्य चौक आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए।
सुनसरी — जेन-जीको प्रदर्शन नियन्त्रण बाहिर गएपछि सुनसरीको इटहरीमा कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज दिउँसो साढे ३ बजे देखि अर्को सूचना जारी नभएसम्म इटहरीको मुख्य चौक आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए।
मिश्रका अनुसार उत्तरतर्फ नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चौकभित्र, पूर्वतर्फ मिलन चौकदेखि जुटबिकास भित्र, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेटोल पम्प, पुष्पलाल चौक हुँदै बसपार्क क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको छ।
यस्तै, पश्चिमतर्फ कलङ्की मोड देखी जनता बस्ती क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको प्रशासनले जनाएको छ । उक्त क्षेत्रमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला जुलुस, प्रदर्शन सभा, बैठक र घेराउ गर्न नपाउने गरी अनिश्चितकालको लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
