भूकम्पपीडितलाई हलेसी तुवाचुङको ११ लाख सहयोग 

कार्तिक २०, २०८०

डम्बरसिं राई

खोटाङ — जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा प्रभावित भएकालाई हलेसी तुवाचुङ नगरपालिकाले ११ लाख, ५१ हजार, एक सय रुपैयाँ सहयोग गरेको छ ।

नगरपालिकाको कात्तिक १९ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरी उक्त सहयोग गरेको हो ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको दुई दिन बराबरको सेवा सुविधा र तलव भत्ता कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईले बताइन् ।

जाजरकोट भुकम्प

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully