भूकम्पपीडितलाई उचित सहयोग गर्न तयार छौं : जापानी परराष्ट्रमन्त्री कामीकावा

कार्तिक २०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका भूकम्पपीडितहरूलाई सहयोग गर्न आफू तयार रहेको जापानले जनाएको छ । जापानका परराष्ट्रमन्त्री कामीकावा योकोले टोकियोस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई सन्देश पठाउँदै नेपालको पश्चिमी भागमा गएको भूकम्पले धेरैको अमूल्य ज्यान लिएको र गम्भीर क्षति पुर्‍याएको कुरा सुन्दा अत्यन्त दुःख व्यक्त गरेकी छन् ।

उनले ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिन् । उनले भनेकी छन्,‘जापान सरकार सदैव नेपाल सरकार र जनताको साथमा छ र हामी नेपालको स्थानीय आवश्यकताका आधारमा उचित सहयोग गर्न तयार छौं ।’ उनले भूकम्प प्रभावित क्षेत्रको यथाशीघ्र पुनर्निमार्ण कामना गर्दै पीडितहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेकी छन् । 

जाजरकोट भुकम्प

कान्तिपुर

Link copied successfully