माओवादी केन्द्र अध्यक्षमा किराँतीको दाबी

पुस २, २०७८

कान्तिपुर संवाददाता

खोटाङ — नेतृत्व चयनमा गाँठो परेपछि नेकपा माओवादी केन्द्रको प्रदेश १ को अध्यक्षमा खोटाङका पृथ्वी किराँती आकांक्षी देखिएका छन् । उक्त पदका लागि योग्य भएको भन्दै उनले बिहीबार अध्यक्षको दाबी गरेका हुन् ।

मंसिर २५ र २६ मा भएको प्रदेश अधिवेशनले पदाधिकारी छिनोफानो गर्न सकेन । पटक–पटक प्रयासपछि झनै आकांक्षी बढेकोले समस्या निम्तिएको भन्दै तत्काल समस्या समाधान गर्नुपर्ने किराँतीले बताए । उनका अनुसार प्रदेश अधिवेशनले पदाधिकारी ट्गुों लगाउन नसकेपछि मंसिर २७ को समय तोकिएको र त्यो पनि निष्कर्षविहीन भएपछि पुस ७ का लागि बैठक सारिएको छ ।

लामो समयसम्म पनि पदाधिकारी चयन हुन नसकेपछि आफूले पनि अध्यक्ष पदमा दाबी गरेको किराँतीले बताए । केन्द्रको जिल्ला समन्वय समितिका अध्यक्षसमेत रहेका किराँतीले सुनसरीका शिव डाँगी, पाँचथरका मौसम लिम्बूलगायतले दाबी गर्दा आफूले पनि नछाडेको बताए । केन्द्रीय सदस्य सुरेशकुमार राई, इन्द्र आङ्बुहाङ र प्रदेश सचिव हेमराज भण्डारीले अध्यक्षको दाबी छाडेपछि अध्यक्षमा दाबी गरेको किराँतीले बताए ।

माओवादी केन्द्र राष्ट्रिय सम्मेलनमाओवादी महाधिवेशन

कान्तिपुर

Link copied successfully