ताप्लेजुङमा एमसीसीको विरोधमा प्रदर्शन

भाद्र २६, २०७८

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको सदरमुकाम फुङलिङमा एमसीसीको विरोधमा युवाहरुले प्रदर्शन गरेका छन् । 'नो एमसीसी' लेखेको प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेर उनीहरुले नाराबाजी गर्दै फुङलिङ बजार परिक्रमा गरेका थिए ।

पुरानो बैंक लाइनदेखि सुरु भएको प्रदर्शन र्‍याली तोक्मे, हेलिप्याड हुँदै वीरेन्द्र चोकमा पुगेर समापन भएको थियो ।

जुलुसमा सहभागी इन्द्र सेञ्चुरीले भने, ‘हामी कुनै पार्टी, दलको मान्छे होइन, यसको विरोध गर्नुपर्छ भनेर स्वतःस्फुर्त रुपमा गरेका हौं ।’

एमसीसी

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully