खुला भयो रानी नाका

श्रावण २७, २०७८

कान्तिपुर संवाददाता

मोरङ — जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरस्थित रानी नाका बुधबारबाट व्यवस्थित रुपमा सञ्चालन गरेको छ । दशगजा क्षेत्रबाट जताततै भारतर्फ भइरहेको आवत–जावतमा रोक लगाएर प्रशासनले व्यवस्थित रुपमा आवातजावतका लागि नाका खुला गरेको हो ।

कोरोना महामारीको सुरुवात भएपछि सरकारले नाकाहरु सिल गरेको थियो । डेढ वर्षपछि रानी नाकाबाट सर्वसाधारणले खुला रुपमा भारततर्फ आउजाउको व्यवस्था गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले खुल्ला सीमानाको फाइदा उठाउँदै दशगजा क्षेत्रबाट जथाभावी भारततर्फ आउजाउ भएकाले अन्य नाकाहरुमा पूर्ण रुपमा कडाइ गरी रानी नाका व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था गरिएको बताएका छन् । ‘रानी नाकामा हेल्थ डेस्क रहेकाले भारतबाट आउनेहरुलाई तीन किसिमको परीक्षण पनि गर्ने व्यवस्था छ,’ उनले भने, ‘त्यसैले भारततर्फ जाने आउनेको व्यवस्थित रुपमा तथ्यांक राखेर दशगजा क्षेत्रबाट भारततर्फ भइरहेको आवत जावतमा रोक लगाएर रानी नाका सञ्चालनमा ल्याएको हौं ।’ 

‘भारतको जुनसुकै ठाउँ जानका लागि अब मूल नाका रानीबाट नै सबैलाई जाने व्यवस्था गरेका छौं,’ प्रजिअ निरौलाले भने, ‘त्यसैले लुकिछिपी अब कसैलाई पनि चोर बाटोबाट भारततर्फ जाने आउने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।’ 

कोरोना खोपकोरोना भाइरस

कान्तिपुर

Link copied successfully