कोरोना संक्रमणबाट एकै परिवारका तीनजनाको मृत्यु

जेष्ठ २५, २०७८

रमेशचन्द्र अधिकारी

धनकुटा — कोरोना भाइरस संक्रमणका कारण धनकुटामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । धनकुटा नगरपालिका ६ बीचबजारका एकै परिवारका आमा, छोरी र छोराको मृत्यु भएको हो । 

मंगलबार मृत्यु भएका ६४ वर्षीय विश्वप्रकाश श्रेष्ठकी ९४ वर्षिया आमा सौभाग्यदेवीको गत साता मृत्यु भएको थियो । यसअघि विश्वप्रकाशकी दिदी विजयाश्रीको पनि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनीहरु सबैको एक महिनाको अवधिमा मृत्यु भएको छ । 

मृतक विश्वप्रकाशको विराटनगरको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

कोरोना भाइरस

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully